नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानको सदस्य सचिवमा भोजपुरका श्याम तमोट नियुक्त



काठमाडौँ, १६ पुस
सरकारले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानका कुलपतिमा नारायणभक्त श्रेष्ठ (रायन) लाई नियुक्त गरेको छ ।

त्यस्तै उपकुलपतिमा हरिहर शर्मा, सदस्य सचिवमा श्यामप्रकाश तमोट तथा प्राज्ञ परिषद् सदस्यमा हरिदेवी कोइराला, नमूना शर्मा, धीरेन्द्र पे्रमर्षि, अशोककुमार राई, निशा पोखरेल र मेघराज नेपाल (मञ्जुल) नियुक्त हुनुभएको छ ।

यसैगरी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)का कुलपतिमा कान्छाकुमार कर्माचायर्, उपकुलपतिमा गोपाल चित्रकार र सदस्य सचिवमा विपीनकुमार घिमिरे तथा प्राज्ञ परिषद् सदस्यमा रमेशनाथ खनाल, मिथिला देवी, सुष्मा राजभण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्यलाई नियुक्त गरिएको छ । उहाँहरुको कार्यकाल चार वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

 

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News