यस्तो छ राष्ट्रपति चुनावको मतपत्र



काठमाडौं, कार्तिक ११

राष्ट्रपति निर्वाचनका लागि संसद सचिवालयले नमुना मतपत्र सार्वजनिक गरेको छ । केहीबेर अघि तयार पारिएको नमुना मतत्रअनुसार राष्ट्रपति चुनाबमा मतदान गर्ने सांसदहरुले आफ्नो नाम, हस्ताक्षर तथा क्रम संख्या उल्लेख गर्नुपर्नेछ ।

अधकट्टीमा उल्लेख भएको सो भाग निर्वाचन समितिले कार्यालय प्रयोजनका लागि राख्नेछ । अधकट्टीको अर्को भागमा राष्ट्रपतिका उम्मेदवारद्वय कुलबहादुर गुरुङ तथा विद्यादेवी भण्डारीको नाम उल्लेख छ।matpatra

आफूले मतदान गर्न चाहेको उम्मेदवारको नामभन्दा दाहिनेतिर भएको मत संकेत गर्ने क्षेत्रमा ‘ठीक’ चिन्ह लगाउनुपर्नेछ। ल्याप्चे लाउने तथा हस्ताक्षरको झन्झट नहुने गरी सजिलोसँग मतदान गर्ने व्यवस्था समितिले तयार पारेको छ।

गोप्य रुपमा ‘ठिक’ चिन्ह लगाइसकेपछि सांसदहरुले मतपेटिकामा मतपत्र खसाउने व्यवस्था निर्वाचन समितिले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News