कार्टुन क्रु जुनियरको रमाइलो गीत माया लै लै


 


नेपालको चर्चित डान्स ग्रुप कार्टुन क्रुका नयाँ-नयाँ भिडियोले तहल्का मच्चाउने गरेका छन् । कार्टुन क्रुले प्रत्येक भिडियोमा नयाँ प्रयोग गर्दै आइरहेको छ । यसैको पछिल्लो उदाहरण हो, कार्टुन क्रु जुनियरको रमाइलो गीत माया लै लै ।

सरोज अधिकारीको निर्देशन र लाक्पा डि लामाको सहायक निर्देशन रहेको यस गीतमा जुनियर कार्टुन क्रुको भूमिकामा अरबिन खड्का, जुक्ति विक्रम शाही ठकुरी, सुजित गुरुङ, प्रनिश सुबेदी, दिप्ती सुबेदी, रुबि राई, शिवानी थापा, एन्जल राई, सपना श्रेष्ठ र अनुष्का श्रेष्ठ रहेका छन् ।

कार्टुन क्रु डान्स स्टुडियोले उत्पादन गरेको यस कभर भिडियोको गायक आयुफ लुइँटेल हुन भने शब्द र सङ्गीत कमल खत्रीले दिएका छन् ।

हेर्नुहोस् भिडियो

 

प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्