राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित


 


bidya 1काठमाडौं, कार्तिक ११

राष्ट्रपतिमा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन् । केहीबेरअघि सम्पन्न निर्वाचनमा नेकपा एमालेकी नेतृ भण्डारीले कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गर्दे राष्ट्रपति बनेकी हुन् ।

भण्डारी नेपालको दोस्रो र प्रथम महिला राष्ट्रपति बन्ने इतिहास रचेकी हुन् । भण्डारीको पक्षमा ३ सय २७ र  नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङको पक्षमा २ सय १४ मत खसेको थियो ।

मतदानमा जम्मा ५ सय ४९ मत खसेको थियो भने ४८ सांसद् अनुपस्थित थिए । भण्डारी एमालेसहितको सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी थिइन्।

उनको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारलगायत छन्। एमाओवादीसहित सत्ता गठबन्धनमा सहभागी सबै दलको सहमतिमा उम्मेदवारी तय गरिएको र आन्दोलनमा रहेका मधेसी मोर्चाले मतदान बहिष्कार गर्ने निर्णय गरिसकेकोले भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्ने लगभग निश्‍चित थियो ।

प्रकाशित मिति: ११ कार्तिक २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्