राष्ट्रपतिको गाउँमा दिपावली


 


bidya - Copyभोजपुर, कार्तिक ११
एमाले नेतृ विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएलगत्तै खुसियालीमा उनको जन्मगाउँ र जिल्लामा दिपावली गरिएको छ । भण्डारी जन्मेको भोजपुरको मानेभज्याङ्ग गाविस र उनको जन्मगाउँ आम्बोटे र भोजपुर सदरमुकाममा खुसियाली स्वरुप दिपावली गरिएको हो ।

बुधबार राष्ट्रपतिमा चुनिएकी विद्या भण्डारी भोजपुरको दुर्गम गाउँ मानेभन्ज्याङ गाविस–१ आम्बोटेमा २०१८ असार ५ गते जन्मेकी हुन् । नेपालको इतिहासमै पहिलो पटक प्रथम महिला राष्ट्रपति बनेको खुसियालीमा एमाले भोजपुरले पार्टी कार्यालय अगाडी दिपावली गरेको छ भने गाउँमा पनि दिपावली गरिएको हो । जिल्लाको विकट गाउँमा जन्मेर देशको सर्वाच्च पदमा भण्डारी पुगेपछि जिल्लाबासी खुसी भएका छन् ।

प्रकाशित मिति: ११ कार्तिक २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्