नवनिर्वाचित राष्ट्रपतिद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण


 


rastapati bidyaकाठमाडौं, कार्तिक १२

नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन् । बिहिबार अपरान्ह ३ बजे राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष समारोहमा भण्डारीले प्रधानन्यायाधीश कल्याण श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिएकी हुन् ।

नयाँ राष्टपति भण्डारीलाई उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्तिमगर, उपसभामुख, उपप्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्री, पूर्वसभामुख राज्यमन्त्रीहरुले परिचय तथा बधाइ ज्ञापन गरेका थिए।त्यसैगरी संबैधानिक निकायका प्रमुख, संसदका महासचिव, राजनीतिक दलका नेता तथा सभासदहरुले पनि बधाई दिएका थिए।

कार्यक्रममा पहिला नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी पुगिन् । त्यसको केहीबेरमा राष्ट्रपति डा. रामवरण यादव मञ्चमा आइपुगे । यादवको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पन गर्‍यो ।

लगतै शपथ ग्रहण कार्यक्रम सुरु भएको थियो । यादवले भण्डारीलाई राष्ट्रपतिको कुर्सी हस्तान्तरण गरे । लगतै नेपाली सेनाले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई सम्मान गारथ अर्पण गरेको थियो ।

प्रकाशित मिति: १२ कार्तिक २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्