नन्दकिशोर पुन उपराष्ट्रपति बन्दै


 


काठमाडौं, कार्तिक १३

nandakishor punसरकारमा साझेदार दलहरूबीच उपराष्ट्रपति पदमा एमाअोवादीका नन्दकिशोर पुनको उम्मेदवारी दर्ता भएको छ। एमाले नेता झलनाथ खनाल प्रस्तावक र राप्रपा नेपालका दिननाथ गिरी समर्थक रहेर पुनको उम्मेदवारी दर्ता भएको छ।

एमाअोवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चुरामणी खड्काले भने ‘बालुवाटारमा भएको बैठकले उम्मेदवारीको टुंगो लगाएको हो।’ पुनको उम्मेदवारी दर्ता गर्न व्यवस्थापिका संसद भवनमा सरकार समर्थित दलका नेताहरू पुगेका छन्।

एमाअोवादीकै उम्मेदवार स्वीकार्ने तर मधेसी वा थारू समुदायको उम्मेद्वार दिनुपर्ने सत्तारूढ दलका तर्फबाट एमाअोवादीलाइ सुझाव अाएको थियो । तर शुक्रबार बिहान बसेको एमाअोवादी स्थायी समिति बैठकले पुनलाइ नै उम्मेदवार बनाउने निर्णय गरेपछि केही दलको असन्तोषकाबीच पुनको उम्मेदवारी दर्ता भएको हो।

चुनाब भोलि हुँदैछ । अहिलेसम्म कांग्रेसका अमिय कुमार यादव, स्वतन्त्र सभासद् अतहर कमल मुसलमान र परिवार दलका दयाराम कँडेलले उम्मेदवारी दर्ता गराइसकेका छन् । संसद्मा सत्तारुढ गठबन्धनको बहुमत भएकाले उप राष्ट्रपतिमा पुनले विजय पाउने सम्भावना बढी छ ।

प्रकाशित मिति: १३ कार्तिक २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्