“थेत्लङ” को टाइटल सङ रेकर्डिङ सकियो :


 


काठमाडौ भारत सिक्किमबाट पहिलोपटक निर्माण हुनलागेको लिम्बू कथानक चलचित्र “थेत्लङ” को काठमाडौस्थित ओपेरा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ सकिएको छ । सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भइरहेको उपन्यास थेत्लङ देउमान लिम्बू होन्दोकले लेखेका हुन । उक्त उपन्यासलाइ सागर केरुङले पटकथा/संवाद गरेका छन । चलचित्रका टाइटल सङ ”
आजुनि थक्लाओ खोनेर ए?लेङ मिम्जिरेन् थेत्ला हिङमनरे थेत्लङ


ए है हा हा मा हा हिङमनरे थेत्लङ” शिर्षकको गात पनि केरुङले नै लेखेका हुन । मणि ताम्लिङको संगीत रहेको गितमा सिता सिङगक र ताम्लिङले स्वर दिएका छन । आगामी जनवरी अन्तिम साताबाट सिक्किममा छायांकन हुने चलचित्र बिराज लिम्बू र मणि ताम्लिङले निर्माण गर्न लागेको हो । सिक्किमे लिम्बूहरुको जीवनशैलीमा आधारित चलचित्र किशोर सुब्बाले निर्देशन गर्नेभएको छ ।

प्रकाशित मिति: २३ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्