बाबुराम पक्षका काे- काे नेताले एमाअाेवादी छाडे ?


 


काठमाडाैं, कार्तिक १७

एमाओवादी छाडेका नेता बाबुराम भट्टराईका निकट नेताहरू राजीनामा बुझाउन पार्टी कार्यालय पुगेका छन् । भट्टराईलाई समर्थन गर्ने देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, रामरिझन यादव, प्रभु शाह लगायतका नेताहरू पार्टीबाट राजीनामा बुझाउन पेरिसडाँडा पुगेका हुन् ।

सोमबार भट्टराई निवास सानेपामा भएको छलफलपछि उनीहरूले पार्टीबाट राजिनामा दिने घोषणा गरेका हुन् । ‘नयाँ शक्ति अभियान’का नामबाट संगठन बिस्तार गरेर दुई महिनापछि मात्रै नयाँ पार्टी घोषणा गर्ने तयारी गर्न लागिएको नेता कुमार पौडेलले बताएका थिए ।

५० जनाभन्दा बढीले एमाओवादीबाट अलग हुन लागेको पार्टीबाट राजीनामा दिने तरखरमा रहेका एक नेताले बताए । भट्टराईलाई समर्थन गर्ने एमाओवादीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य र सल्लाहकारहरू सहभागी रहेको बैठकले पुरानो पार्टीबाट सम्बन्धविच्छेद गरी नयाँ शक्ति अभियान मुलुकभर सञ्चालन गर्ने निर्णय गरेका थिए ।

राजीनामा दिने तयारीमा रहेका अन्य नेताहरूमा देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, लीलबहादुर थापा, रामकुमार शर्मा, नन्दन दत्त, बलावती शर्मा, देवी खड्का, लीला भण्डारी, कर्णध्वज केसी, कृष्ण शर्मा, खिमलाल देवकोटा, कल्पना धमला, देवेन्द्र पराजुलीलगायत रहेका छन् ।

प्रकाशित मिति: १७ कार्तिक २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्