मोडल निरुताको थारु भाषाको आईटम गित सार्वजनिक (भिडियो हेनुहोस्)


 


मोडल, डान्सर एवम् गायिका निरुता क्षेत्रीको थारु भाषाको एक आईटम डान्स सार्वजनिक भएको छ । थारु भाषको आतुअ मे बैथी के बोलाए कि मोरे पिया दुर दुर से बोलको पुरानो गितलाई रिमिक्स बनाएर तयार भएको सो गितमा निरुताको आईटम डान्स देख्न सकिन्छ । भिडियो आरकेसी डिजिटल नामक युटुभ च्यानमार्फत सार्वजनिक भएको हो ।

सो गितमा निरुता र विशाल गुरुङको स्वर रहेको छ भने निरुता सहित अनुराधा चौधरी, सुनिता दहित र विवश चौधरीको अभिनय रहेको छ । पुराना श्रष्टाको सम्मान् गर्दै सो गितलाई रिमिक्स गरेर बजार ल्याएको निरुताले देशको न्युजलाई बताईन् ।

उनी भनिछन् – निकै मेहनत गरेका छुँ, दर्शक र श्रोताले माया गरिदिनु हुन्छ भन्ने विश्वास छ । बर्दियाको बासगढ़ीमा जन्मिएकी निरुता राजधानी छिरेर मोडलिङ क्षेत्रमा संघर्ष गर्दै आएकी छन् । पछिल्लो तीन वर्षदेखि निरन्तर यश क्षेत्रमा संघर्षरत निरुताले छोटो समयमै नेपाली र भोजपुरी गरी १८ बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । भिडियो हेर्नुहोस् : 

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्