अाज मन्त्रिमण्डल विस्तार हुँदै, काे-काे हुने भए मन्त्री ?


 


काठमाडाै, कार्तिक १९

सत्तारूढ दल नेकपा एमालेले भीम रावललाई उपप्रधानमन्त्री र विष्णु पौडेललाई अर्थ मन्त्री बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री केपी ओली निकट पार्टी उप-महासचिव पौडेल अर्थ मन्त्री र पूर्वप्रधानमन्त्री माधव नेपाल निकट पार्टी उपाध्यक्ष रावल उप-प्रधानमन्त्री बन्ने पक्का भएको हाे ।

आज साँझ सम्ममा मन्त्रीमण्डल विस्तार हुने बताइएकाे छ । अन्य मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्न बाँकी छ। एमालेले पाउने ८ मध्ये तीन जना मात्रै मन्त्री भएका छन्। आज मन्त्री र केही राज्य मन्त्री पनि बन्ने स्रोतले बतायो ।

एमालेमा मन्त्रीकाे अाकांक्षी सय जना जति भए पनि दुइ दर्जन बढी नेताकाे नाम चर्चामा छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्