एमालेले नयाँ मन्त्रीहरुको टुंगो लगायो, सपथ ग्रहणको तयारी हुँदै


 


काठमाडाै, कार्तिक १९

uml ministryप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाट मन्त्रिपरिषद्‌मा सहभागी हुने  थप मन्त्रीहरुको टुंगो लगाएका छन् । पार्टी उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु पौडेल, नेताहरु शेरधन राई र आनन्द पोखरेललाई मन्त्री बनाउने निर्णय गरेका छन् ।

उनीहरुलाई सपथ ग्रहणका लागि तयारी रहन सूचना दिइसकेको एमाले स्रोतले जनाएका छन् । २४ असोजमा प्रधानमन्त्री निर्वाचित ओलीले आफ्नै पार्टीबाट मन्त्रीहरुको टुंगो लगाउन सकेका थिएनन् ।

लगातार बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रीहरुको नाम छनौट गर्ने जिम्मेवारी दिएको थियो ।

याे पनि पढ्नुहाेस्

काे हुन शेरधन राइ ?

प्रकाशित मिति: १९ कार्तिक २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्