ओली र प्रचण्डबीच भद्र सहमति – यी मन्त्रीहरु हेरफेर हुने कुन कुन मन्त्रीको पद सकियो ?


 


काठमाडौँ फागुन ७
नेपाल कम्युनिष्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भद्र सहमति भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

सरकार गठन गर्नुपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमतिबमोजिम सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने गृहकार्य अगाडि बढेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । एक वर्षको अवधिमा सरकारले राम्रो काम गरेको दाबी गरेपछि नागरिकस्तरबाट आलोचना शुरु भएको छ ।

स्रोतका अनुसार आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भैंसेपाटीको एक घरमा भएको गोप्य छलफलमा मन्त्री परिवर्तन गरेर भए पनि सरकारको कामलाई प्रभावकारी बनाउने समझदारी जुटेको नेकपाका एक सचिवालय सदस्यले बताए ।

मन्त्रीहरु हेरफेरको तयारी, कुन कुन मन्त्रीको पद धरापमा ?

अपेक्षित काम गर्न नसकेको मन्त्रीहरु हेरफेर गर्न लागिएको हो । स्रोतका अनुसार पर्यटनमन्त्री रबिन्द्र अधिकारी, श्रम मन्त्री गोकर्ण बिष्ट, यातायात मन्त्री रघुबीर महासेठ, अर्थमन्त्री डा. युवराव खतिवडा, कृषि मन्त्री चक्रपाणि खनाल र खेलकुदमन्त्री जगतबहादुर सुनुवार फेरिने सम्भावना छ ।
अर्थमन्त्री डा. खतिवडाको पक्षमा एक समूह नहटाउन सक्रिय भएको छ । राष्ट्र बैंकमा कार्यरत आफ्ना ज्वाई रामशरण खरेललाई ल्याएर मन्त्रालय चलाएको आरोप लगाएको छ । अर्थ मन्त्रालयमा उनले खासै सुधार ल्याउन सकेका छैनन् । बरु अर्थतन्त्र खस्कदै गएको छ ।
साथै सरकारको रक्षाकवच बनेका सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई अझ महत्वपूर्ण मन्त्रालय दिने सम्भावना समेत रहेको स्रोत बताउँछ ।

यसअघि नै सरकारले कानून मन्त्री शेरबहादुर तामाङलाई हटाएको थियो ।
मन्त्री फेर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग प्रस्ताव राखिसकेका छन् । सम्भवतः फागून महिनाभित्रै मन्त्रीमण्डल हेरफेर गर्ने तयारी रहेको स्रोत बताउँछ ।

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्