भाइटीकाकाे शुभसाइत ११ बजेर ५५ मिनेटमा



bhai tikaकाठमाडौं, कार्तिक २६

नेपालीको दोस्रो ठूलो चाड तिहारको महत्वपूर्ण दिन भाइटीकामा टीका लगाउन साइत मध्याह्न ११ बजेर ५५ मीनेट जाँदा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कात्तिक २३ गते सोमबारदेखि सुरु भएको यमपञ्चकमा कात्तिक २३ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कात्तिक २४ गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार २५ गते गार्इ पूजा तथा लक्ष्मी पूजा, २६ गते गाेवर्दन पुजा गरिदैछ ।

लक्ष्मी पूजापछि घरघरमा देउसी भैलो खेल्ने क्रम अहिले पनि जारी छ । कात्तिक २७ गते भाइटीका लगाएपछि नेपालीको दोस्रो ठूलो पर्व तिहार सकिन्छ । ‘यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११:५५ मा शुभ बेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ’ समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने ।

 

प्रकाशित मिति: २६ कार्तिक २०७२, बिहिबार