मीराले जितिन् एक लाख पुरस्कार


 


16112015090807mira-copy-600x0भाेेजपुर, कार्तिक ३०

धरानदेखि दमकसम्मको ७२ किलोमिटर दूरीको अल्ट्रा म्याराथन आइतबार सम्पन्न भएको छ। म्याराथनमा अन्तर्राष्ट्रिय धावक मीरा राईले निर्धारित दूरी ७ घण्टामा पार गरेको अल्ट्रा म्याराथनका संयोजक रनदीप राईले जानकारी दिए।

मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठानले आयोजना गरेको च्यारिटी अल्ट्रा म्याराथन दौडमा सहभागी मीरालगायत ४ जना धावक धरानबाट दमक आइपुगेका थिए। दौडमा सहभागी पूर्वब्रिटिस सेनाका धावक रनदीप राई, नेपाली सेनाका धावक विमल कन्दङवा र पूर्वराष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङले निर्धारित दूरी ७ घण्टामै पार गरेका थिए।

बिहान ८ बजे धरानबाट करिब २ सयजना दौडेकामा दमकमा सातजना मात्र आइपुगेका थिए। दौड पूरा गर्ने अन्य धावकमा सुजन देवान, तेजेन्द्र प्रधान र राजमान राई छन्। धावकमध्ये मीरा राईलाई १ लाख रुपैयाँ, तीनलाई जनही ३० हजार रुपैयाँ र पछिल्ला तीनलाई १०/१० हजार रुपैयाँ प्रदान गरियो ।

याे पनि पढ्नुहाेस्

मिरा राईलाई गृह जिल्लामा भव्य सम्मान (फोटो फिचर सहित)

प्रकाशित मिति: ३० कार्तिक २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्