मृगाैला पीडित प्रधानलाई मेराे प्याराे फेसबुक ग्रुपकाे सहयाेग


 


bjp groupभाेजपुर,  कार्तिक ३०

मृगाैला राेगबाट पीडित बनेकी भाेजपुरकाे गुप्तेश्वर ९ की सिमा प्रधानलाई मेराे प्याराे भाेजपुर फेसबुक ग्रुपले अार्थिक सहयाेग गरेकाे छ । विगत एक  बर्ष देखि दुवै मृगौला राेगबाट पीडित बनेकी प्रधानलाई अाइतबार फेसबुक ग्रुपले अार्थिक सहयाेग हस्तान्तरण गरेकाे हाे ।

फेसबुक ग्रुपका एडमिनहरूले संकलन गरेकाे अार्थिक सहयाेग पीडित परिवारका अाफन्तलाई एक लाख ६९ हजार सात सय १६ रूपैयाँ हस्तान्तरण गरिएकाे हाे । याे रकम जापानमा रहेका विनोद प्रधानले ३७ हजार एक सय ५८ रुपैयाँ, मलेसियामा रहेको मौसम राईले १९ हजार चार सय १६, मलेसीयामै रहेकी जोनताजीले १२ हजार आठ सय ९३ रूपैयाँ संकलन गरेका थिए ।

त्यस्तै दुबइमा रहेकी सन्ध्यालक्ष्मी राईले ९ हजार चार सय ६९, ललितपुर दिलीप रेखा प्रधान राईले पाँच हजार, बास्तिमका युगेस किशोर राईले पाँच हजार १२, चौकीडाँडाका अशोक राईले ३० हजार साउदीबाट शम्सेर प्रधानले ३० हजार ६ सय १७, मलेशियाबाट अनिश विरही विस्टले १७ हजार १ सय २८, मलेशियाबाट राम ईशारा राईले ९ हजार ५ सय ६४, काठमाण्डौबाट सिृजना बान्तावाले ९ हजार १ सय ४५, कटुन्जेका सुचा राईले ५ हजार ७ सय ३५ मलेशियाबाट जिन्दगी अधुरोले ५ हजार ५ सय ७८ र हसनपुर सफल राईले १ हजार ३ सय ६४ रुपैँया सहयोग गरेकाे ग्रुपले जनाएकाे छ ।

याे अार्थिक सहयाेग संकलनका लागि मेरो प्यारो भोजपुर फेसबुक ग्रुपका एडमिनहरुले सिमा प्रधान सहयोग संकलन अभियान चलाएका थिए । ग्रुपका एडमिनहरुले संकलन गरेर पठाएको रकम विकास र सचेतनाको लागि सामाजिक संस्था (सोडा) का अध्यक्ष नविन प्रधानले भाेजपुरमा सिमाका अाफन्तलाई हस्तान्तरण गरेका हुन् ।

गत भदाै २८ गते पनि यही ग्रुपले  बैदेशिक रोजगारीको क्रममा मलेसियामा दाहिने हात गुमाएका भोजपुरको बैकुण्ठे ५ छापगाउँका देवान राईलाई एक लाख ७२ हजार छ सय ३९ रुपैयाँ अार्थिक सहयाेग गरेकाे थियाे  ।

यी सहयोग संकलनकर्ता सबै भोजपुरका हुन् । भोजपुरबाट बैदेशिक रोजगारका लागि विदेशमा रहेको भोजपुरे युवाहरुले मेरो प्यारो भोजपुर नामको फेसबुक ग्रुप खोलेर सामाजिक सेवामा लागेका छन् । उनिहरुले दुःख र पीडामा परेका भोजपुरेहरुलाई सहयोग गर्ने जनाएका छन् ।

प्रकाशित मिति: ३० कार्तिक २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्