भाेजपुरमा हवाई उडानकाे भाडा कति बढ्याे ?


 


भोजपुर, मंसिर २
भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका कारण इन्धन आपूर्ति असहज हुँदा भोजपुरमा हवाई टिकटको मूल्यमा भारी बृद्धि भएको छ । यसअघि भोजपुर–काठमाडौं चार हजार दुई सय ४५ रुपैयाँ रहेको टिकटको मूल्य पाँच हजार नौ सय ५० रुपैयाँ पुगेको छ ।

त्यस्तै तारा एयरको छ हजार आठ सय ४५ रुपैयाँ पुगेको छ भने यस अघि पाँच हजार एक सय ४० रुपैयाँ थियो । भोजपुर–विराटनगरको टिकटको मूल्य तीन हजार तीन सय ६० रुपैयाँ पुगेको छ ।

यसअघि एक हजार सात सय पाँच सय रुपैयाँ थियो । यसैबिच प्रतिकुल मौषमका कारण चार दिनदेखी हवाई उडान बन्द रहेको भोजपुरमा बुधबार हवाई उडान भएको छ ।

खराब मौषमका कारण आइतबारबाट भोजपुरमा हवाई उडान हुन सकेको थिएन् । मौषममा सुधार आएपछि बुधबार दुई उडान भएको नेपाल वायुसेवा निगम भोजपुरले जनाएको छ ।

हवाई उडान नहुँदा यात्रुहरु मारमा परेका थिए । नाकाबन्दीका कारण दुर्गम र पूर्वि पहाडी जिल्लाका लागि हवाई उडान मात्र यातायातको भरपर्दाे माध्यम बन्दै आएको छ ।

इन्धन अभावमा कम मात्रामा सवारी साधन सञ्चालन हुँदै आएका छन् भने अधिकांक यात्रुहरु हवाई यातायातको पखाईमा बसेका छन् ।काठमाडौं–भोजपुरमा हप्तामा नीजि सहित छ र भोजपुर– विराटनगर दुई उडान हुँदै आएको छ ।

प्रकाशित मिति: २ मंसिर २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्