विद्यालय पुन निर्माणका लागि सहयोग


 


भोजपुर जेठ १०

भोजपुरको चरम्बी १ याङथर्पुस्थित जाल्पा निमाबीको भौतिक पुर्बधार पूर्णरुपले जीर्ण भएपछि पुन निर्माणाका लागि विदेशमा सहयोग संकलन शुरु भएको छ । भौतिक पूर्वाधार जिर्ण हुँदा पठन पाठनमा समस्या भएपछि पुन निर्माणका लागि बिद्यालय ब्याबस्थापन समिति, विद्यालय प्रशासनले  भुपु विद्यार्थी, समाज सेवी एबं संघ सस्थाहरु संग आर्थिक सहयोगका लागि निबेदन गरे लगतै कतारमा रहेका चरम्बी-३ का धन खिम्बुले राईको पहलमा सहयोग संकलन शुरु भएको हो । भुपु विद्यार्थी, समाजसेवी एबं संघ सस्थाहरुको सहयोग स्वरुप विद्यालय पुन निर्माणका लागि चार लाख ६० हजार एक सय नौ रुपैया संकलन भएको छ l विद्यालयको लागि खिम्बुले राईको पहलमा देशविदेश बाट संकलित रकमले विधालयको छाना जस्ता पाता फेरिसकेको छ । अब पुस्तकालय र फर्निचरहरुको मर्मतको लागि पहल भइरहेके राईले बताएका छन् l यो विद्यालय २०१६ सालमा स्थापना भएको हो ।

प्रकाशित मिति: ८ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्