चलचित्र ‘रातो गलबन्दी’ मा उर्लाबारीका चुप्पी डन


 


नेपाली चलचित्र‘रातो गलबन्दी’को छायांकन सुरु गरिएको छ । प्रेमकथामा आधारित चलचित्र‘रातो गलबन्दी’मा अभिनेत्री केकी अधिकारी र संगीतकार कोशिश क्षेत्रीले पहिलो पटक स्क्रिन साझेदारी गर्ने पक्का भएको बुझिएको छ ।

मोरङको उर्लाबारीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको घोषणा गरिएको थियो । चलचित्रको छायांकन इलाम, झापा, मोरङलगायत पूर्वका रमणीय स्थलहरुमा गरिने बताइएको छ ।

मनिष थापाले निर्देशन गर्ने चलचित्रका निर्माता हिमाल कडेरीया, नवराज लम्साल र दुर्गा बस्नेत निर्माता हुन् । चलचित्रमा केकी र कोशिशबाहेक बुद्धि तामाङ, रमेश बुढाथोकी, अर्जुन गुरुङ, पुर्वका ‘चुप्पी डन’को नामले परिचित यज्ञबहादुर कटुवाल लगायतले अभिनय रहनेछ । चलचित्रको कथा हिमाल कडरियाले लेखेकाहुन् ।

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्