विद्रोहीहरू कमल थापाकै शरणमा !


 


काठमाडौं । लामो समयदेखि अध्यक्ष कमल थापा कार्यशैलीबाट असन्तुष्ट रहेका पदाधिकारीहरूको नेतृत्व गरेर पार्टीका बैठकहरू बहिष्कार गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ २०७५ माघ ४ गते शुक्रबार २ बजे बसेको पार्टीको कार्यसम्पादन बैठकमा हतार हतार सहभागी भएका थिए ।

पार्टीको कार्यसम्पादन बैठकमा सहभागी हुनु अघि मैतीदेवीस्थित भरत गिरीको कलेजमा शुक्रबार विहानै ८ बजे विद्रोहीहरू भेला भएर छलफल गरेका थिए । सोही दिन दिउँसो वरिष्ठ उपाध्यक्ष तामाङसँगै अर्का उपाध्यक्षद्वय टंक ढकाल र धवल शमशेर राणासमेत उक्त कार्यसम्पादन बैठकमा उपस्थित भएपछि उनीहरूको असन्तुष्टि सम्बोधन भएको धेरैले विश्लेषण गरेका थिए ।

लामो समयदेखि अध्यक्ष थापाको कार्यशैलीबाट असन्तुष्ट भएर पशुपतिशमशेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)मा प्रवेश गर्ने तयारी गरेर पटक पटक बैठक गरेका तर प्रवेश भने गरिनसकेका वरिष्ठ उपाध्यक्ष तामाङले राप्रपाको उक्त कार्यसम्पादन बैठकमा सहभागी भएको सम्बन्धमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणालगायतका नेताहरूलाई राप्रपा अध्यक्ष कमल थापासहित एकीकरण गर्ने वातावरण मिलाउनका लागि आफू उक्त बैठकमा सहभागी भएको स्पष्टीकरण दिएको स्रँेत बताउछ ।

यसैगरी अर्का नेता तथा नेपालगंज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणालाई राप्रपा परित्याग गरेर राप्रपा प्रजातान्त्रिक प्रवेश गर्दा आफ्नो पद खुस्किने, कानूनले बाधा पु¥याउन सक्ने सम्भावना देखिएकाले उनले राप्रपा परित्याग गरेर राप्रपा प्रजातान्त्रिक प्रवेश नगरेको स्रोतको दावी छ । जाजरकोटमा माओवादीबाट निर्वाचित भएका एकजना गाविस अध्यक्ष दल बदल गरेर नेपाली कांग्रेसमा प्रवेश गरेको सम्बन्धमा जिल्ला अदालतले उनको पद खारेज गरिदिएको र यो मुद्दा अहिले उच्च अदालतमा विचाराधीन रहेको कारणले गर्दा धवल शमशेर राणा पनि आतंकित भएर राप्रपा परित्याग नगरेका हुन् भनिन्छ ।

समाचार सूत्रका अनुसार, नेपालगंजका मेयर राणाको यही कमजोरी समातेर माघ ३ गते विहीवारको भेटघाटमा अध्यक्ष थापाले उपाध्यक्ष राणालाई झपारेका थिए । यसैगरी अध्यक्ष थापाको कार्यशैलीप्रति असन्तुष्ट रहेका सहायक महामन्त्री प्रल्हाद साहलाई अध्यक्ष थापाले चमत्कारिक ढंगले आफ्नो पक्षमा ल्याएका छन् । राप्रपा फुटेर राप्रपा विभाजित हुँदापनि तात्कालीन केन्द्रीय सदस्य साहले दोहोरो चरित्र देखाएर कहिले पशुपतितिर त कहिले थापातिर हुने गरेका थिए ।

विद्रोहीहरू जयन्त चन्द, दिनेश श्रेष्ठ, रामबहादुर शाह, भरत गिरी, सानुकाजी हेक्का, विन्दा गिरी, गोविन्द खनियाहरू भिजेको मुसो झै कमल थापाकै नेतृत्वमा फर्किए पनि राप्रपाको शक्तिशाली मजदूर संगठन राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका चर्चित अध्यक्ष चिरागमान सिंह कुँवरलगायतका नेताहरू भने थापाको दलमा नफर्किने निर्णयमा पुगेको स्रँेत बताउछ ।

उपाध्यक्ष टंक ढकाललाई पनि आफ्नो साथी भएरकाले महामन्त्री र उपाध्यक्ष बनाएर अहिलेको राजनीतिक हैसियत आफूले नै पु¥याइदिएको भनेर अध्यक्ष कमल थापाले आफ्नो हैसियत नबिर्सन ढकाललाई नसियत दिएका थिए ।

लामो समयदेखि अध्यक्ष थापाको कार्यशैलीबाट रुष्ट भएर पार्टी परित्याग गर्दै पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गर्न तयार रहेका भनिएका तर लामो समयदेखि राप्रपा प्रजातान्त्रिकमा प्रवेश भने नगरेका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कुन शक्तिले पुनः राप्रपाको हुकारे सम्पादन बैठकमा पु¥यायो भन्ने उत्सुकता अहिले तीनवटै राप्रपामा जन्मिएको छ । (साँघु साप्ताहिक, माघ ७)

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्