मलेशियामा एक नेपालीको मृत्यु



सोलुखुम्बु, १३ माघ
वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ ।

माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो । बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उहाँका भाई दानकुबिर राईले जानकारी दिनुभयो ।

मृतक राई मलेशियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्न सहयोगीका रुपमा तीन वर्षदेखि कार्यरत हुनुहुन्थ्यो ।

मृतक राईको शव परीक्षणका लागि सेरेम्बान अस्पतालमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जुंगल इन्टनेशनल ओभरसियर प्रालिसँग सहकार्य गरी शवलाई नेपाल ल्याउने तयारी थालिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News