गर्लफ्रेण्ड बनाउने हो ? त्यसाे भए यी ५ कुरा गर्नुस्


 


यदि कुनै केटी तपाइँलाई एकदम मन पर्छ भने पक्कै जीवनमा आफ्नो बनाउन चाहनु हुन्छ होला । यदि त्यस्तो छ भने यी ५ कुरा मनमा राख्नुस् ।

आँखामा आँखाः

कुनै पनि मन परेको केटीलाई आफ्नो बनाउने पहिलो कुरा भनेको उसको आँखामा आँखा राखेर कुरा गर्नु पर्छ । शुरुमा यता उता आँखा घुमाएपनि मन परेको मान्छेलाई सँधै आँखामा आँखा राखेर कुरा गर्नु पर्छ ।

ब्यवहारः

तपाइँ कुनै पनि केटीसँग रुखो ब्यवहार गर्नु हुन्छ भने तपाइँसँग टाढिन्छन् । सके सम्म हाँसि खुसीरुपमा प्रस्तुत हुनुस् र इम्प्रेस गर्ने कोशिस गर्नुस् । तर बढी नै हाँस्नु पनि राम्रो मानिँदैन ।

आत्म विश्वासः

कुनै पनि केटीलाई मन पराउनु हुन्छ भने उसलाई देखेर आत्म विश्वास नगुमाउनुस् । केटीले वेवास्ता गर्दा शुरुमा केही कठिन भएपनि उनलाई मनाउने कोशिस गर्नुस् । आत्म विश्वास कायम राखे मन परेको मान्छेलाई आफ्नो बनाउन सकिन्छ ।

ठिक्क चासो राख्नुस्ः

कुनै पनि ब्यक्तिसँग नजिक हुन उसको बढी नै चासो लिनु पनि राम्रो मानिन्न । धेरै चासो राख्दा मान्छे टाढिने खतरा समेत हुन्छ । अरुको बढी चासो लिँदा मानिसहरु हाम्रो चासो लिन नै छोड्दिन्छन् ।

समय दिनुस्ः

कुनै पनि मानिससँग नजिक हुनका लागि आफ्ना मात्र कुरा नराख्नुस् उनको कुरा पनि राख्ने मौका दिनुस् । आफ्नो कुरा मात्र राख्दा सम्बन्ध धरापमा पर्ने खतरा हुन्छ ।

प्रकाशित मिति: २५ मंसिर २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्