ब्रह्मचारी षडानन्दको सम्झना


 


एकराज भूजेल

आवाल ब्रहमचारी षडानन्दका किंवन्तीका पाना पल्टाएर हेर्दा उनी राजयोग, हठयोग अष्टाङ्ग योग आदि चमत्कारीक साधानमा अबल थिए भन्ने जानकारी हामी सबैलाई भएको छ । त्यतिखेरको समयमा हिडेर यात्रा गर्नु पर्ने भएतापनि उनी आज काठमाण्डौं हुन्थे भने भोलीपल्ट भोजपुरको दिङ्लामा अनि ट्याम्केको तालुमा फुलेका गुँरास घारीमा हरिण मृगसँग रमाउन पुगेका हुन्थे ।

Balaguru sadanandaउनका यस्ता धेरै अद्भूत शक्ति मध्ये रुमाल बिछ्याएर नदी पार गर्थेरे, काठमाण्डौं टेकुको पचली घाट वाग्मती नदीमा भेल आएका बेला पनि खराउ लगाएर पानीमाथि हिँड्थे रे, कृषकले लगाएको बालीमा मुसलधारे वर्षा भएर नष्ट हुन लागेका समय उक्त वर्षालाई जंगलतिर पठाईदिन्थे रे यस्ता चमत्कारीक कार्य गर्दथे रे भन्ने गरेको समेत सुनिन्छ । आवाल ब्रह्मचारी षडानन्द गुरु काठमाण्डौंको टेकु पचली घाटमा अव्यवस्थित आश्रममा फर्किएर १९७३ साल जेठ शुक्ल त्रयोदशीका दिन योग साधानमा रहँदा रहँदै हामी माझबाट विलिन हुन पुगे ।

त्यसैले उनकै सम्झना स्वरुप आवाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान स्थापना गरी षडानन्द राष्ट्रिय पुरस्कार उनको जन्मदिनको अवसरमा ख्याती प्राप्त व्यक्ति अनि संस्थालाई सम्मान स्वरुप दिने गरिएको छ । प्रतिष्ठानका अध्यक्ष विष्णुराज कुसुमका अनुसार “भोजपुर दिङ्लाको माटोमा जन्मिएर नेपालको शिक्षा, संस्कृति, अध्यात्म जगत तथा वातावरणलाई हराबरा बनाउने हेतुले लगाएका रुद्राक्ष लगायतका बोटविरुवाले दिङ्लालाई मनोरम बनाउने जस्ता ख्याती प्राप्त योगदान पुराउने गुरुको स्मृतिमा स्थापित यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार उच्चमावि दिङ्ला भोजपुरलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

पुरस्कार राशी रु.५० हजार रहेको छ । त्यसैगरी यसवर्षको डण्डपाणी युवा कुमारी पुरस्कार साहित्यकार दधिराज सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका सचिव लालानाथ सुवेदीका अनुसार पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यको जगतमा ठूलो योगदान पुराउन सफल व्यक्ति वा संस्थालाई प्रदान गरिने यो पुरस्कार यस पटक दधिराज सुवेदीलाई प्रधान गर्न लागिएको छ ताकी सुवेदी पूर्वाञ्चल विराटनगरमा बसेर नेपाली साहित्य साधानमा अग्रस्थानमा उभिएका हुनाले यो पुरस्कारले सम्मान गर्न लागिएको हो यस पुरस्कारको राशी २५ हजारको रहेको छ ।

शिक्षा जगतमा २०७१ सालको एसएलसी परीक्षाको नतिजाको परिणामका आधारमा विरेन्द्र मा.वि. भोजपुरलाई उत्कृष्ण विद्यालयको घोषणा गरी उत्कृष्ट विद्यालय पुरस्कार हस्तान्तरण गर्ने निर्णय समेत प्रतिष्ठानले गरेको छ । प्रा.डा. सुरेशराज शर्मा, डा. स्वामी प्रपन्नाचार्य, मनदमणी दीक्षित, प्राज्ञ ज्ञानमणी नेपाल, वरिष्ठ संस्कृतविद् प्राज्ञ डा. जगमान गुरुङ्ग जस्ता विद्वान व्यक्तित्वहरुलाई प्रतिष्ठानले यस पुरस्कारबाट विभूषित गराईसकेको छ ।

यस वर्ष षडानन्दको १८१ औं जन्मजयन्तीका पावन अवसरमा यही पुष १ गते विवाह पञ्चमीका दिन प्रदान गर्ने कार्यक्रम रहेको छ ।

याे पनि पढ्नुहाेस्

भाेजपुरमा उदाए नव तारा

प्रकाशित मिति: २६ मंसिर २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्