संसदीय खेलकुद उप समितिकाे टाेली भाेजपुरमा


 


IMG_0604भोजपुर, पुस २

यहाँ संसदीय विकास कोष अन्र्तगत खेलकुद उप समितिले खेलकुद पूर्वाधार एंव खेलकुद गतिविधीको बिहिबार स्थलगत निरीक्षण गरेको छ । समितिका संयोजक सांसद मोहन राईको नेतृत्वमा तीन सदस्यिय समिति सांसदहरुले स्थलगत निरीक्षण तथा जिल्लाका सरोकारवाला पक्षहरुसँग अन्र्तक्रिया गरेका छन् ।

IMG_0597समिति सदस्यहरुमा रामहरी सुवेदी र निसा कुमारी साह रहेका छन् । उनिहरुले जिल्लामा निर्माणधिन खेलकुद पूर्वाधारहरुको निरीक्षण गरेका थिए ।

त्यस्तै जिल्लाको खेलकुद गतिविधिको बारेमा अन्र्तक्रिया कार्यक्रम समेत भएको थियो । सांसदहरुले जिल्लाको खेलकुद विकासमा भइरहेका गतिविधी र सुधार गर्नु पर्ने पक्षको बारेमा सरोकारवालाहरुसँग राय लिएका थिए ।

प्रकाशित मिति: २ पुस २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्