विवाह भएपछि मात्र थाहा पाइने यी हुन् ५ कुरा


 


विवाहको विषयमा मानिसहरु सँधै चर्चा गरिरहन्छन् । विवाहलाई यस्तो लड्डुसँग पनि तुलना गरिन्छ जुन खाएपनि पछुतो हुन्छ नखाएपनि पछुतो हुन्छ ।

कसैलाई विवाह रमाइलो सम्बन्ध लाग्छ भने कसैलाई बन्धन लाग्छ । जसले जे भनेपनि विवाह भनेको आपसी समझदारी भएमात्र राम्रो चल्ने कुरा हो ।

यस्ता केही कुरा छन् जुन विवाह पछि मात्र अनुभव गर्न सकिन्छः

१ यदि तपाइँ एक्लो हुनुहुन्छ भने विवाहले तपाइँको एक्लोपन हटाउन मद्दत गर्छ । तर विवाह हरेक समस्याको समाधान होइन । समस्या समाधानका लागि विवाह बाहेक अरु पनि गर्नु पर्छ ।

२ विवाहले मानिसलाई जोड्ने काम गर्छ । तर सँधै साथमा रहेर मात्र सम्बन्ध राम्रो हुन्छ भन्ने चाँहि होयन । सँधै साथमा हुँदा पार्टनरलाई दिक्क लाग्ने समस्या समेत हुन सक्छ ।

३ विवाह पछि बेहुलो बेहुलीको अनुहारमा चमक देखिन्छ । तर विवाहको केही समयमा भने यो कुरा हराउँछ । एक आपसमा आकर्षण पनि कम हुँदै जान्छ तर यसको अर्थ हराएरै जान्छ भन्ने चाँहि होइन ।

४ विवाहमा अनेक प्रकारका कसम खाने गरिन्छ । प्रेम सम्बन्ध कायम राख्न यस्ता कसम खाने चलन छ । तर विवाहपछि प्रेमको रुप बदलिन थाल्छ । प्रेम जिम्मेवारी बन्दा कतिपयलाई अनौठो र भारी समेत लाग्न सक्छ ।

५ विवाह गरेपछि सम्बन्धमा उतार चढाव सामान्य कुरा हो । तर सम्बन्धमा रहँदा कहिले काँहि विवाह नगरेको भए जीवन सुखी हुन्थ्यो कि भन्ने प्रश्न भने जो कसैको मनमा पनि उठ्ने गर्छ ।

प्रकाशित मिति: २ पुस २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्