​सैनिक कारबाहीमा १२ लडाकू मारिए


 


नाइजेरिया, ६ पुस

नाइजेरियाली सैनिकले गरेको कारबाहीको क्रममा १२ बोको हराम आतङ्ककारी समूहका सदस्य मारिएका छन् । सैनिक स्रोतले सोमबार सो जानकारी दिएको छ । नाइजेरियामा गत ६ वर्षयता इस्लामिस्क आतङ्ककारी समूहले जारी राखेको हत्या, हिंसा र आतङ्कको क्रममा हजारौं व्यक्तिले ज्यान गुमाएका एक सैनिक प्रवक्ताले जानकारी दिएको छ ।

नाइजेरियामा सन् २००९ देखि बोको हराम आतङ्ककारी समूहले जारी राखेको हिंसा हत्यामा १७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जारी आक्रमणको त्रासले २६ लाख सर्वसाधारणले घर छोडी भागेको बताइएको छ ।

प्रकाशित मिति: ६ पुस २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्