मोदीले सफाई कर्मचारीको खुट्टा धोएपछि….


 


काठमाडौं फागुन १३,
एजेन्सी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उत्तर प्रदेशको प्रयागराजमा पाँच सफाई कर्मचारीको खुट्टा धोएपछि उनीहरुलाई कुम्भ मेलामा विशेष योगदानका लागि सम्मानित गरेका छन् ।

कुनै प्रधानमन्त्री यस्तो गरेको यो पहिलो घटना हो । खुट्टा धोएपछि मोदीले भने, ‘सफाई कर्मचारीको मैले चरण धोएर मैले बन्दना गरेँ, त्यो पल म जीवनभरी बिर्सने छैन ।’

‘उनीहरुको आशिर्वाद, स्नेह, तपाईंहरु सबैको आशिर्वाद, तपाईंहरु सबैको स्नेह ममाथि यसरी नै रहिरहोस् । यसरी नै म तपाईंहरुको सेवा गर्छु, यही कामना छ,’ उनले थपे ।

मोदीले यी कर्मचारीहरुकै परिश्रमले यसपटक कुम्भको पहिचान स्वच्छ कुम्भको रुपमा भएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्