खेलकुद कम्प्लेक्सकाे निरिक्षण


 


IMG_1112भाेजपुर, पुस १०

यहाँकाे सिद्देश्वर गाविस्थित सिद्देश्वर उच्च माविकाे प्रांगणमा निर्मित कृष्णलक्ष्मी स्पाेर्टस कम्प्लेक्सकाे बिहिबार निरिक्षण भएकाे छ । कम्प्लेक्सकाे पूर्व मन्त्री एंव सांसद कृपासुर शेर्पा, पूर्व अर्थमन्त्री शंकर प्रसाद काेईराला, सांसदहरू जयन्ती राई, तारादेवी राई, विशिष्ट व्यक्ति, खेल पदाधिकारी लगायतकाे टाेलीले निरिक्षण गरेकाे हाे ।

निरिक्षण कार्यक्रमसँगै नव निर्मित कम्प्लेक्समा बृहत अन्तरक्रिया कार्यक्रम समेत भएकाे छ । कार्यक्रममा कम्प्लेक्सकाे सदुपयाेग, अागामी कार्ययाेजनाहरूकाे बारेमा दाँवाली मिलन क्लबका महासचिव तथा कृष्णलक्ष्मी लक्ष्मी श्रेष्ठ प्रतिष्ठानका राेशन श्रेष्ठले जानकारी गराएका थिए ।

IMG_1172कार्यक्रममा दाँवाली मिलन क्लबका भाेजपुर प्रतिनिधि उत्तम खड्काले दावाँकाे विकासकाे बारेमा बाेलेका थिए । कार्यक्रमा बाेल्ने सांसदहरूले कम्प्लेक्स निर्माणमा सहयाेग गर्ने बताएका थिए ।

अार्थिक बर्ष २०७०/०७१ मा अर्थमन्त्री शंकर प्रसाद काेईरालाकाे पालामा याे ठाउँमा कम्प्लेक्स निर्माणका लागि बजेट विनियाेजन भएकाे थियाे । पूर्व अर्थमन्त्री काेईरालाले याे ठाउँ तथा जिल्लाकाे विकासमा सधै लागि परिरहने बताएका छन् ।

कार्यक्रममा स्थानीयले दाँवाकाे विकासका लागि सहयाेग गर्नका लागि उपस्थित अतिथिहरूलाई माग गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूकाे सांगीतिक प्रस्तुुति रहेकाे थियाे ।

याे पनि पढ्नुहाेस्

खेलकुद कम्प्लेक्स निर्माण

प्रकाशित मिति: १० पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्