इमरानले अस्वीकार गरे नोबेल शान्ति पुरस्कार !


 


पाकिस्तान, २० फागुन – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन् । आफ्ना जनताले शान्तिको नोबेल सम्मान दिलाउनका लागि देशभरी अनलाइन ‘पिटिशन’ मा हस्ताक्षर अभियान सुरु गरेका बेला इमरानको यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘म नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन् । म कश्मीरी जनताको चाहना अनुसार कश्मीर विवाद सुल्झाउने र उपमहाद्वीपमा शान्ति र मानव विकासको लागि मार्ग प्रशस्त गर्ने व्यक्ति हो ।’

यसमा अहिलेसम्म तीन लाख बढीले हस्ताक्षर गरिसकेका छन् । उनीहरुका अनुसार इमरान खानले भारतीय पाइलटलाई रिहा गरेर छिमेकी मुलुक भारतसँगको अत्यधिक तनावलाई कम गरेर आफूलाई एक वरिष्ठ नेता प्रमाणित गरेका छन् ।

गत बिहिबार पाकिस्तानमा ह्याश ट्याग नोबेल प्राइज फर इमरान खान ट्वीटर ह्यान्डलमा ट्रेन्ड भइरहेको थियो । इमरान खानको घोषणापछि मानिसहरुले ह्याश ट्यागसहित ट्वीट गर्न सुरु गरेका थिए ।

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्