आन्दोलनरत राहत शिक्षकमाथी प्रहरीको पानीको फोहोरा र अश्रृ ग्याँस


 


काठमाडौ, फागुन २०

स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न माग गर्दै आन्दोलनरत राहत शिक्षकमाथी प्रहरीले हस्तक्षेप गरेको छ । स्वतः स्थायी हुने व्यवस्थासहित संघीय शिक्षक ऐन ल्याउन दवाव दिदै आज काठमाडौंको नयाँ बानेश्वरमा गरेको शिक्षकहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

माईतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेका प्रदर्शनकारीहरुले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रृ ग्याँस समेत प्रहार गरेको थियो । घटना लगत्तै शिक्षकहरुले भोलि मंगलबार देशभरका सामूदायिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने घोषणा गरेका छन ।

गत असोज २२ गते आफूहरुको सबै माग पूरा गर्ने सम्झौता सरकारले अझै कार्यान्वयनमा नल्याएपछि आफूहरु आन्दोलनमा गर्न बाध्य हुनु परेको नेपाल राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारीले बताउनुभयो ।

राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतहः स्थायी बनाउनुपर्ने माग गर्दै सरकारलाई दवाव दिँदै आएका छन । नेपालमा ४० हजार भन्दा बढि राहत तथा ३६ हजार भन्दा बढि बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरु रहेका छन ।

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्