जसले प्रधानमन्त्री बन्ने लिखित प्रस्ताव अस्वीकार गरे…


 


झापा, फागुन २२
फागुन २१ गतेलाई सुखानी सहिद स्मृति दिवसको रुपमा मनाइन्छ । हिजो अर्थात २१ गते ४६ औं सुखानी स्मृति दिवस मनाइयो । वि.सं. २०२९ साल फागुन २१ गते झापा र इलामको सिमाना सुखानीको जंगलमा पाँचजना कम्युनिष्ट नेताहरुको हत्या भएको थियो ।

यो स्मृति दिवसमा हिजो प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबै नेता स्मृति दिवस मनाउन सुखानी आएका थिए । आफ्नो मन्तव्य राख्ने क्रममा प्रचण्डले पार्टी एकता हुन नदिनका लागि कांग्रेसले प्रधानमन्त्री बन्ने लिखित प्रस्ताव गरेको तर आफुले उक्त प्रस्ताव अस्वीकार गरेको बताए ।

पार्टी एकता पद र प्रतिष्ठाका लागि नगरेको उनले स्पष्ट पारे । ‘एकता हुने वेलामा विपक्षीले मलाई लिखित रूपमै पाँचवर्षे प्रधानमन्त्री बन्ने प्रस्ताव गरेका थिए, मैले अस्वीकार गरेको हुँ,’ उनले भने ।

पाँचजना सहिदको सहादतस्थल सुखानीमा आफू पहिले पनि आएको, तर यसपटक एउटै कम्युनिस्ट पार्टी बनाएर भिन्न रूपमा आउन पाएकोमा खुसी लागेको बताए । वर्षौंअघि नै आफूले झापा विद्रोह र जनयुद्धलाई जोड्नुपर्छ भनेको स्मरण गर्दै उनले भने, ‘त्यो कल्पनाको कति ठूलो अर्थ रहेछ भनेर आज म आफैँ अचम्ममा परेको छु ।

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्