भूकम्पले एककाे मृत्यु, २१ घाइते


 


नयादिल्ली, पुस २०

साेमबार बिहानकाे भूकम्पमा परि भारतको मनिपुरको राजधानी इम्फालमा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।भारतको असम, बंगाल, अरुणाचल प्रदेश, बिहार, झारखण्डसहितका राज्यहरुमा भूकम्पको ठूलो धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पको धक्का महसुस बंगलादेशमा पनि भएको छ ।

भारतको मनिपुरको इम्फालदेखि ३३ किलोमिटर टाढाको दूरीमा केन्द्र बनाएर भूकम्प गएको हो । भूकम्पले केन्द्रविन्दु बनाएको स्थान नेपालको पूर्वी सीमाबाट करिव ९ सय किलो मिटर टाढा पर्छ।

सोमबार विहान नेपाली समय अनुसार ४ बजेर ५३ मिनेट जाँदा भारतको मनिपुरलाई केन्द्रविन्दु बनाएर ६ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालका भोजपुर, धनकुटा, ताप्लेजुङ, झापासहित काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको छ ।

याे पनि पढ्नुहाेस्

बिहानै भूकम्पकाे धक्का

प्रकाशित मिति: २० पुस २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्