अाज देशभरी सार्वजनिक बिदा


 


काठमाडौं,फागुन २४

संघीय सरकारले अाज सार्वजनिक विदा दिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संघीय सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । मार्च ८ अर्थात् फागुन २४ गते शुक्रबार यो दिवस परेको छ ।

गृह मन्त्रालयले आफ्नो फेसबुक पेजमा शुक्रबार सार्वजनिक विदा दिइएको जनाएको छ ।

सरकारले प्रत्येक वर्ष मार्च ८ गतेका दिन सार्वजनिक विदा दिँदै आएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका दिन महिला सम्बन्धी संघ संस्थाले विभिन्न कार्यक्रमहरू गरेर मनाउने गर्छन् ।

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्