कहाँ कहाँ छ आज बाढीको जोखिम?
काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आज मंगलबार पनि कहाँ(कहाँ बाढीको जोखिम छ भन्ने विषयमा जानकारी गराएको छ।
बाढी महाशाखाका अनुसार ललितपुरसहित २४ जिल्ला र त्यसआसपास भएर बग्ने खोला तथा नदीमा बाढी आउने सम्भावना छ।
सूचनामा भनिएको छ, आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, कास्की, स्याङ्जा, तनहुँ, ललितपुर, रोल्पा, सल्यान, रुकुम(पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
प्रकाशित मिति: २३ असार २०८३, मंगलबार












