पानीजहाज सञ्चालन गर्ने बारेमा प्राविधिक अध्ययन सुरु गरिने


 


काठमाडौं ,फागुन २५ । भारतको साहेबगञ्ज बाट झापाको काँकडभिट्टा सम्म पानीजहाज सञ्चालन गर्ने बारेमा प्राविधिक अध्ययन सुरु हुने भएको छ ।

नेपाल र भारतले संयुक्तरुपमा पानीजहाज सञ्चालनका लागि प्राविधिक अध्ययन गर्ने निर्णय गरेको हो ।

दुइ देशका उच्च अधिकारीको बैठकले विभिन्न चार जलमार्गमा पानीजहाज सञ्चालन गर्ने बारेमा अध्यन गर्न लागेको हो , जसमा साहेबगञ्ज बाट मरीहरी, पानीट्याङ्की हुदै काँकडभिट्टा सम्मको मार्ग पनि रहेको छ ।

अन्य जलमार्गमा हल्दिया, वाराणसी,सुनौली हुदै भैरहवा, कालुघाट–वाल्मिकीनगर हुदै गण्डक ब्यारेज र साहेबगञ्ज–भीमनगर हुदै कोशी ब्यारेज रहेको छ ।

सरकारले यसअघि नारायणी नदीको गण्डक बाँध हुँदै पानीजहाज ल्याउने गरी पानीजहाज कार्यालयसमेत स्थापना गरिसकेको छ ।

बैठकमा दुई देशका संयुक्त प्राविधिक टोली बनाएर नारायणी नदीमा जल यातायात सञ्चालनसम्बन्धी प्राविधिक अध्ययन तत्काल शुरु गर्ने सहमति भएको जनाइएको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्