ग्यास सिलिण्डर पड्किएर पोखराको क्लब ९९ मा भीषण आगलागी


 


पोखरा पोखरा महानगरपालिकाको हल्लनचोकमा रहेको क्लब ९९ मा भीषण आगलागी भएको छ । शुक्रबार राति ९ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्लब ९९ को तल्लो तल्लामा रहेको बर्गर क्याफेमा सिलिण्डर पड्किएपछि फैलिएको आगोले क्लब ९९ पनि पुरै जलेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय नागरिकसहितको टोलीले दुईवटा दमकल र खानेपानीको ट्याङ्करको सहायताले आगलागी भएको झण्डै २ घण्टापछि मात्रै आगो नियन्त्रणमा लिएका थियो ।

आगलागीबाट लाखौको क्षति भएको प्रहरीको अनुमान छ । क्लबमा रहेको सामानहरु जलेर नष्ट भएका छन् भने आसपासका अन्य पसलमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्