तपाइँलाई थाहा छ ? केटाहरुको यी १० बानी केटीहरुलाई पटक्कै मन पर्देन नि !


 


केटा र केटीहरुबीच एक अर्कालाई बुझ्न निक्कै कठिन भैरहेको गुनासो चलिरहन्छ । खासगरी केटीहरुलाई बुझ्न केटाहरु सँधै नै असफल हुन्छन् । यदि तपाइँलाई पनि यस्तै समस्या भैरहेको छ भने यहाँ कुनै पनि केटीलाई केटाको मन नपर्ने १० बानीको चर्चा गरेका छौं ।

१ घुरेर हेर्ने : केटीहरुलाई घुरेर हेर्ने केटा मन पर्दैन । उनीहरुलाई मायालु नजर मन पर्छ । केटाहरुले घुरेर हेरे भने असहज लाग्छ ।

 कन्याउने : कन्याउँदै केटीको नजिक जाने केटालाई केटीहरुलाई मन पराउँदैनन् । चिलाएकै छ भने पनि केटीको नजिक जाने समयमा नकन्याउनुस् ।

 चरित्रका कुरा : केटीहरु बोल्ड हुँदै गएका छन् । आधुनिक केटीहरुलाई खाली चरित्रका कुरा गर्ने र केटीहरु केही खुल्ने वित्तिकै अनेक प्रश्न उठाउने केटाहरुसँग रिस नै उठछ् । बोल्डनेस र चरित्र फरक कुरा हुन् भन्ने मान्यता हुन्छ आधुनिक केटीको ।

४ ब्रेकअपमा खेल्ने : कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले प्रेम प्रस्ताव राख्दै आउँछन् भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन् । कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ दाउ हाल्न नजानुस् ।

५ दुर्गन्ध : कुनै पनि केटो नजिक पर्दा उसको शरीरबाट तीव्र गन्ध आउँछ भने त्यस्तो अवस्था केटीहरुलाई पटकक्कै मन पर्दैन । पसिना त हो नि भनेर केटीको नजिक जाने भूल कहिल्यै पनि नगर्नुस् ।

६ संवेदनशील अंगमा नजर : केटीहरुले केटाहरुले आफूलाई कहाँ हेरिरहेका छन् भन्ने कुरा खुव ख्याल गर्छन् । आफूले सृंगार गरेका कुरामा ध्यान दिने र आफ्नो ओंठ, बक्षस्थल, आइब्रो र पाखुरामा मात्र हेर्ने गरेको पटक्कै मन पराउँदैनन् ।

७ खुला ठाउँमा पिसाव : केटीहरुले लाजै नमानी खुला ठाउँमा पिसाव गर्ने केटाको बानी पटक्कै मन पराउँदैनन् । अधिकाँश केटामा हुने यो बानी मन पर्दैन केटीलाई । केटीको साथमा भएको समयमा खुल्ला ठाउँमा पिसाव फेर्ने भुल नगर्नुस् ।

८ अश्लिलता : खुल्लमखुल्ला अश्लिलता प्रदर्शन गर्ने केटाहरु पनि मन पर्दैन केटीहरुलाई । केटीहरुलाई अश्लिल साइट वा चलचित्र हेर्न जवर्जस्ती गर्ने बानी छ भने आजै देखि छोडिदिनुस् ।

९ डकार : केटीहरुलाई आफ्नै अगाडी डकार्ने केटाहरुको बानी मन पर्दैन । बरु लसुन वा पुदिना खाएर जानुस् तर केटीहरुको अगाडी डकार कहिल्यै पनि नगर्नुस् ।

१० अस्थिर : केही न केही चलाउने र शर्टको टाँक भए पनि खोलिरहने केटा केटीलाई मन पर्दैन । अस्थिर स्वभावका कारण केटीहरु टाढा हुन्छन् । अझ पाखुरा देखाउने केटा त केटीलाई मन नै पर्दैन । केटाहरुले केटीको आगाडी अंग प्रदर्शन नगरेकै राम्रो ।

प्रकाशित मिति: २४ पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्