कोरियामा एक नेपालीको मृत्यु


 


सोल, पुस २७

thakur1दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । ईपीएसबाट गत जुन ८ तारिख यहाँ आएकाका ठाकुरप्रसाद याम्फु राईको आइतबार राती सुतेकै अवस्थामा मृत्यु भएको हो ।

३४ बर्षीय ठाकुर संखुवासभा मानेभन्ज्याङका हुन् । छाल्लाबोक्दोमा रहेको बंगुर फर्ममा काम गरिरहेका  उनि आइतबार सकुसल रहेको संगै काम गर्ने किशोर राईले जानकारी दिए । राईका अनुसार ठाकुर आइतबार बिदामा बसेका थिए ।

बेलुका संगै खान खाएर सुतेका ठाकुर राती १. ३० तिर घुरेको आवाज आएपछि संगै सुतेका साथीहरुले उठाएका थिए । उनको अवस्था गम्भीर देखेपछि एम्बुलेन्स बोलाइएको भए पनि एम्बुलेन्स पुग्दा नपुग्दै उनको मृत्यु भएको थियो ।  घटनाबारे ठाकुरको परिवारलाई जानकारी गराई सकिएको छ । उनको २ छोरा श्रीमती रहेका छन् ।   सो फर्ममा ९ नेपाली कामदार कार्यरत छन ।

प्रकाशित मिति: २७ पुस २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्