मुख तथा जिब्रोमा यसरी घाउ आए कसरी उपचार गर्ने ?
मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।
-पानी प्रशस्त पिउने
-बढी चिसो वा तातो नपिउने
-हरियो सागपात तथा फलफुलहरु मजाले चपाएर खाने
-बढी चिल्लो नखाने
-हल्का उम्रेको गेडागुडी बिहान -बिहान खाने
– पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
-बदाम भिजाएर खाने
-निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
-जिरा वा खयर चपाउने
-यसरी पनि निको नभए डाक्टरलाई देखाउने । बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्छ ।
प्रकाशित मिति: ९ जेष्ठ २०७२, शनिबार