अमेरिकामा एकसाथ जन्मिए ६ शिशु, सबै स्वस्थ छन्


 


एजेन्सी । टेक्सासको ह्युस्टनमा एक महिलाले ६ बच्चालाई एकसाथ जन्म दिएकी छिन् । न्युज एजेन्सी भाषाका अनुसार विश्वभरि ४ दशमलव ७ अर्ब डेलिभरीमा यस्तो घटना एकपटक मात्र हुन्छ ।

यी महिलाले अमेरिकाको ‘द विमिन्स हस्पिटल अफ टेक्सास’ मा ६ बच्चालाई जन्म दिएकी हुन् । अस्पतालले बताएअनुसार थेलमा चाइका नाम गरेकी ती महिलाले शुक्रबार बिहान ४ बजेर ५० मिनेट देखि ४ बजेर ५९ मनिेटको बीचमा ४ छोरा र २ छोरी गरी ६ बच्चालाई जन्म दिएकी थिइन् ।

अस्पतालको रिपोर्ट अनुसार सबै शिशुहरु स्वस्थ छन् र शिशुहरुको तौल ७ सय ९० ग्राम देखि १ दशमल ३ किलोसम्म छ । उनीहरुको अवस्था सामान्य रहेको र अहिले अस्पतालको सघन उपचार केन्द्रमा उनीहरुलाई राखिएको छ ।
थेलमाले आफ्नी छोरीहरुको नाम जीना र जुरियल राखिसकेकी छन् तर चार छोराहरुको नाम भने राख्न बाँकी नै छ ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्