उर्लाबारीमा संघीय समाजवादीको समिति विस्तार धमाधम


 


उर्लाबारी। संघीय समाजवादी फोरम, नेपालको उर्लाबारी १ र ३ नम्बर वडाको अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको वडा नम्वर १ को अधिवेशनबाट धिरेन दनुवारको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको पार्टीका उर्लाबारी नगर इन्चार्ज बिशाल आङ्देम्बेले जानकारी दिए ।

उनका अनुसार समितिको उपाध्यक्षमा जितेन्द्रलाल दनुवार, सचिवमा बविता दनुवार, सहसचिवमा सन्देष धिमाल र कोषाध्यक्षमा कमला धिमाललाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा मंगल दनुवार, कृष्ण दनुवार, मौसम दनुवार, देवी दनुवार, मनकुमारी दनुवार र निर्मला दनुवार रहेका छन् ।

यसैगरी आईतबार भएको वडा नम्बर ३ को अधिवेशनले सरोज राईको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा टिकाकुमारी राई, सचिवमा लालबहादुर राई, कोषाध्यक्षमा रामबहादुर तामाङ रहेका छन् । वडा समितिको सदस्यहरुमा राजन राई, प्रेमकुमार राई, अशोक धिमाल, किरण राई, अप्सन राई, विष्णुकुमार राई, फुलमाया तामाङ, दिवोल राई र दिलकुमारी राई चयन भएका छन् ।

अधिवेशन उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य वाङगाई धिमाल, प्रदेश सचिव केदार धिमाल, उर्लाबारी नगरका नेताहरु विशाल आङ्देम्बे, मात्रिका धिमाल, रामकुमार राई लगायतले शूभकामना मन्तव्य राखेका थिए । यस्तै वडा नम्बर २ को अधिवेशन सम्पन्न भईसकेको छ बाँकी वडाहरुमा चैत १३ गतेभित्र अधिवेशन सम्पन्न गरी चैत १४ गते नगर अधिवेशन गर्ने तयारी भईरहेको छ ।
नगर अधिवेशन मार्फत पार्टीको संगठन सुदृढिकरण गरेर पूर्वी मोरङमा आक्रमक रुपमा संगठन विस्तार गरिने धिमालले बताए ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्