विप्लवलाई अर्को ठुलो धक्का, समूहका दुई नेता मोरङबाट पक्राउ


 


विराटनगर । नेत्र विक्रम चन्द विप्लप समुहका कोशी व्युरो संयोजकसहित दुई नेता पक्राउ परेका छन् । हिंसात्मक गतिविधिमा सक्रिय रहेको भन्दै सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेता मोरङबाट पक्राउ परेका हुन् ।

पूर्वको उत्तरी र दक्षिण भेगको ग्रामिण बस्तीहरूमा बसेर विप्लव समूहले विभिन्न गतिविधि तथा बैठक सञ्चालन गरिरहेको सूचनाको आधारमा केही दिनदेखि सक्रिय प्रहरीले आइतबार साँझ मोरङको कानेपोखरीबाट दुई नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पार्टीका कार्यवहाक कोशी ब्यूरो संयोजक ओखलढुंगा घर भएका घनश्याम श्रेष्ठ र काभ्रे घर भएका कोशी ब्यूरो सदस्य आकाश शर्मा छन्।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्