होली वाइन पिएको भन्दै माधव नेपालबिरुद्ध लाग्यो नाराबाजी, मुखमा एक थोपा पनि नपरेको दाबी


 


चितवन । होली वाइन पिएको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ । नेता नेपाल कृष्णदास महाराजलाई अभिनन्दन गर्ने कार्यक्रमको प्रमुख अतिथि बनेका थिए । तर, त्यही कार्यक्रममा नेपाल विरुद्ध कार्यक्रमस्थलमै नारावाजी भएको छ ।

दर्शकदीर्घका बसेका एकले होली वाइन पिएका माधव नेपाललाई प्रमुख अतिथि बनाएको आपत्ती मात्रै जनाएनन्, उनका विरुद्ध नारावाजी नै गरे। स्टेजमा बसिरहेका माधव नेपालले उक्त नारावाजी सजिलै सुने । होली वाइन खानेहरु भन्दै नारावाजी गरेपछि माधव नेपालको सुरक्षामा खटिएका प्रहरीहरुले उनलाई पक्रन खोजे ।

तर वरीपरी बसेका अन्य दर्शकहरुले ‘उसलाई नपक्रनुस्, हामीलाई पक्रनुस्’ भन्दै प्रहरीसँग प्रतिवाद गरे । कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा नेता नेपालले होली वाइनबारे प्रष्टिकरण दिएका छन् । आफू उपस्थित कार्यक्रममै सहभागीहरुले होली वाइनबारे प्रश्न उठाएपछि नेपालले आफ्नो मुखमा एक थोपा पनि रक्सी नपरेको दाबी गरे । अनलाईन खबरबाट

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्