सत्तारुढ नेकपालाई ठुलो धक्का, बैतडीमा नेता भट्टसहित २७४ जना काँग्रेसमा प्रवेश


 


बैतडी । बैतडीमा नेकपा र नयाँ शक्ति परित्याग गरि २९१ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । नेकपाका नेता गङ्गादत्त भट्ट सहित २७४ जना र नयाँ शक्तिका बुद्धिबल्लभ धानिकसहित १५ जना काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीले दशरथ चन्द नगरपालिकाको कलौनमा आयोजित कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले नवप्रवेशीहरुलाई सदस्यता वितरण गरेका छन् ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेता लेखकले कम्युनिस्ट सरकारप्रति वितृस्णा र निराश भएकाले कांग्रेसप्रति जनताको आकर्षण बढदै गएको दाबी गरे । उनले देशभर कांग्रेस प्रबेश गर्नेको लहर चलेको समेत दाबी गरे । नव प्रबेशीलाई योग्यता र क्षमताको आधारमा उचित स्थान दिने प्रतिबद्धता समेत लेखकले गरे ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्