११ वर्षिया बालिकालाई घरमै बोलाएर करणी गर्ने पक्राउ


 


सुनसरी। सुनसरीको ईटहरी उपनगरपालिका ३ बाट ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी ३ कै ५३ बर्षीय देवी लिम्बु रहेका छन् ।

निजले आईतवार अपरान्ह ४ बजेको समयमा स्थानीय ११ बर्षीय बालिकालई आफ्नै घरमै बोलाएर ललाई फकाई जबरजस्ती करणी गरेको र संगै आएकी अर्की ७ बर्षीया बालिकालाई समेत जबरजस्ती करणीको प्रयास गरेको भन्ने पिडित बालिकाहरुका अविभावकले प्रहरीलाई दिएको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्