कांग्रेस सांसद लामाले बनाइरहेको त्रिशुलीमाथिको पुल हुरीले लडायो कि भ्रष्टाचारले ?


 


नुवाकोट । नेपाली कांग्रेसका ठेकेदार सांसद बहादुरसिंह लामाको कम्पनी समेत ठेक्का पाएर समयमै निर्माण हुन नसकेको त्रिशुली नदीमाथिको पुलको संरचना भत्किएपछि हुरीले लडायो कि भ्रष्टाचारले भन्ने प्रश्न सिर्जना भएको छ ।

नुवाकोटकै समानुपातिक सांसद लमाको हिम्दुङ एण्ड थोकर कम्पनी, सपना र नागार्जुन कन्सट्रक्सन जेभीले जोइन्टभेन्चरमा निर्माणको जिम्मा पाएको पुल निर्माणमा चरम अनियमितता भएको विषय यसअघि नै प्रकाशमा आएको थियो ।

लामाले आफ्नो राजनीतिक पहुँचको दुरूपोग गर्दै काम समयमै सम्पन्न गर्नुको साटो उल्टो गुणस्तरहिन काम गर्दा पुल निर्माणकै क्रममा भत्कन पुगेको छ । धादिङ कल्लेरी खाल्टे सुनौला बजार हुँदै धादिङबेसी सम्म पुग्न सहज हुने हेतुले निर्माणाधिन यस पुलले नुवाकोटको अधिकांश गाबिसको बाटो जोड्ने काम गर्छ ।

पुलको निर्माणमा अन्य कांग्रेस कार्यकर्ताका कम्पनीहरूलाइ प्रयोग गरिदै आएको छ । गत असारमै सम्पन्न हुनुपर्ने पुलको मुस्किलले ४५ प्रशित काममात्रै सम्पन्न भएको छ । स्थानीयहरूले पटक पटक गुणस्तरहिन काम भएको भन्दै ध्यानाकर्षण गराउँदा समेत उल्टै उनीहरूलाइ धम्की दिने काम ठेकेदारका प्रतिनिधिहरूले गर्दै आएका छन ।

निर्माण कम्पनीले त्रिशुली नदीको केउरेनीमा निर्माणाधिन पक्की पुलको ढलान गर्न तयार पारिएको फ्रेम सोमबार साँझ आएको हावाहुरीले भत्काएकाे बताएपनि ठेकेदारकाे हेलचक्राइले भत्किएको स्थानीयले बताएका छन । ५ वर्षअघि देखि निर्माण सुरु गरिएको उक्त पुलको निर्माण कार्य आधापनि सकिएको छैन ।

ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १ वर्ष थप गरि निर्माण सम्पन्न गर्ने मिति थप गरिएकाे थियाे । अहिले उक्त समय समेत सकिन लागेको छ । पुल भत्किएपछि निर्माण कम्पनीले चरम भ्रष्टाचार गरेको कारण यस्तो समस्या अाएको भन्दै यसको संसदीय छानविनको माग समेत भएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्