रूपन्देहीबाट विप्लव निकट शिक्षक पक्राउ


 


बुटवल : रुपन्देहीबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व समूह निकट शिक्षक संगठनका अध्यक्ष रामजी आचार्यलाई पक्राउ गरेको छ।

कञ्चन गाउँपालिका हरैयास्थित घरमै बसिरहेको अवस्थामा दिउँसो सिभिल ड्रेसमा आएका प्रहरीले उनलाई पक्राउ गरेका हुन्। अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष आचार्य रुपन्देहीको सूर्यपूरा माविका सहायक प्राधनाध्यापक तथा हरैया बहुमुखी क्याम्पसमा अध्यापनरत छन्। आचार्यकी एक श्रमती र दुई छोरा रहेका छन्।

यस्तै, शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले शिक्षकको गिरफ्तारीप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक संजालमार्फत उनले गिरफ्तार शिक्षकको तत्काल रिहा गर्न माग समेत गरेका हुन्।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्