कांग्रेसका पूर्व महासमिति सदस्य सहित ३५ घरपरिवार नेकपामा प्रवेश


 


बाजुरा १३ चैत । बाजुरा बुढीनन्दा नगरपालिका ५ छातीकोटका ३५ घरपरिवार नेपाली काडग्रेस पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन ।

नेकपा प्रवेश गर्नेमा नेपाली काडग्रेस बाजुराका संस्थापक नेता तथा पुर्व महासमिति सदस्य गोरख बहादुर मल्ल, बुनपा ५का निर्वाचित वडा सदस्य उपेन्द्र मल्ल, रुद्र मल्ल,लगायत काडग्रेसका विभिन्न कमिटीमा रहेका नेताहरु छन । उनिहरु बाजागाजा सहित र्याली निकालेर नेकपा प्रवेश गरेका थिए ।

लामो समय सम्म नेपाली काडग्रेसको गढ भनेर चिनिएको साविकको कोटीला गाविस अब नेकपाको गढ बन्न गएको नेकपाका बाजुराले जनाएकाे छ ।
नेकपा सुदुरपश्चिम संगठन कमिटीका अध्यक्ष क कर्ण बहादुर थापा नवप्रवेशीहरुलाई नेकपामा स्वागत गरेका थिए । उक्त कार्यक्रममा ,पार्टीका केन्द्रीय सदस्य लाल बहादुर थापा,प्रकाश शाह,प्रदेश कमिटी सदस्य काली बहादुर शाही, बलदेव रेग्मी लगायता जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो । पुर्व माननीय तथा संविधान सभा सदस्य पेम्वा गुरुड भोटेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अर्जुन रोकायाले गरेका थिए ।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्