बुटवलमा अज्ञात समुहको गोली प्रहारबाट भारतीय मजदुरको हत्या


 


रुपन्देही । बुटवलमा गोली हानेर एक जनाको हत्या भएको छ । बुधबार बेलुका बुटवल–१, गढिटोल मैनाबगर काठेपुलनजिकै नचिनेका मान्छेको समूहले हानेको गोली लागेर भारतीय नागरिक अन्दाजी ४५ वर्षीय फिरोज खानको ज्यान गएको हो ।

७ वर्षदेखि मैनाबगरको ज्योति इन्जिनियरिङमा मिस्त्रीको काम गर्दै आएका उनलाई छाती र कञ्चटमा गोली हानिएको छ । ४ वटा मोटरसाइकलमा आएको समूहले उनलाई गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोली लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । खानको हत्यापछि बुटवलमा प्रहरीले सुरक्षा सर्तकता बढाइएको बताएको छ । घटनामा संलग्नको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्