यसरी यौनसम्पर्क गर्नेलाई हृदयघात लगायत मुटुको समस्या हुँदैन !


 


मानिसहरुका लागी हरेक कुरा सिमित मात्रामा गर्यो भने त्यसले फाइदा पुग्छ । नेपाली समाजमा यौनसम्पर्कलाई अत्ति साँघुरो रुपमा बुझ्ने गरिएको छ । सामान्य रुपमा बुझ्ने हो भने यौनसम्पर्क एकप्रकारको शारीरिक व्यायम हो ।

स्वस्थ्य रुपमा गरिएको यौनसम्पर्कले मुटुजन्य रोगीहरुलाई समेत राम्रो प्रभाव पार्छ । त्यतिमात्रै होइन नियमित रुपमा मिलाएर गरिएको यौनसम्पर्कले हृदयघातको सम्भावना समेत कम हुने विज्ञहरु बताउँछन् ।

वैज्ञानिकहरुले हप्ताको दुई देखी तीन पटक सम्म यौनसम्पर्क गर्ने व्यक्तिको आयु १० वर्ष बढने दाबी गरेका छन् ।यौनसम्पर्कका बेला व्यक्तिको शारीरिक संगै मनोवैज्ञानिक रुपमा स्फुर्तिमा बृद्धि हुने र त्यसको सकारात्मक प्रभाव सोझै मुटूमा पर्ने बैज्ञानिकहरुको धारणा छ ।

यौन सम्पर्कका वेला आउने उत्तेजनाले शरीरका सबै अंगलाई क्रियाशील गराउछ भने त्यतिवेला पाइने विशेष खालको आनन्दले व्यक्तिको स्फूर्ति बढने बैज्ञानिकहरुको तर्क छ ।उनीहरुले यौनसम्पर्कलाई एक प्रकारको शारीरिक श्रम भएको भनेका छन् ।

शारिरीक श्रम गर्ने व्यक्तिको स्वत मुटु बलियो हुने भनाई छ । मुटु बलियो हुनेको हृदयघात हुने सम्भावना समेत कम हुन्छ ।कतिपयले एक पटक हृदयघात भएको व्यक्तिले यौनसम्पर्क गर्न हुदैन भन्ने मान्यता राखेको पाइन्छ ।

मुटुलाई असर पर्छ भनेर यौनसम्पर्क बन्द गरेको समेत सुनिन्छ । तर चिकित्सकहरुले यौनसम्पर्कको बेला मुटुमा पर्ने दवाव भनेको भर्याङ चडी दुई तल्ला माथि उक्लदा जति दवाव हुन्छ त्यति नै हुने बताउछन् । विज्ञका अनुसार हृदयघात भएको व्यक्तिले चार हप्ता पछि यौनसम्पर्क गर्न सक्छन् । एजेन्सी

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्